BHIM UPADHYAYA

* “New ideas pass through three periods: i.It can not be done. ii.It probably can be done, but it is not worth doing. iii.I knew it was a good idea all along!” --Scientist & Science Fiction Writer Arthur D Clarke; अमंत्रमक्षरं नास्ति, नास्ति मूलंनौषधनम् । अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।(मन्त्र नहुने अक्षर हुदैन, ओैषधि नहुने वनस्पति हुदैन, योग्यता नभएको मान्छे हुदैन, तर जहातही कुशल व्यवस्थापकको कमी छ ।)

Monday, February 18, 2013

मेगा प्रोजेक्ट किन बनेनन् नेपालमा ?

मेगा प्रोजेक्ट किन बनेनन् नेपालमा ?
लेखकः भीम उपाध्याय
(नयाँपत्रिका दैनिकको आज फागुन ७ गते २०६९ सोमबारको अंकमा प्रकाशित लेख)

(टुक्रे विकास र कनिका छरेझै छरिएको बजेटले नत विकास सम्भव छ नत संबृद्धि । ठूला जलविद्युत केन्द्रहरु, उत्तर—दक्षिण जोड्ने टनेल राजमार्गहरु लगायत पर्यटनका मैगा प्रौजेक्टहरु सुरुवात गर्न कहिकतै अवरोध आउनुहुन्न ।)

कुनै पनि देशको विकास र समुन्नती आजको भोली हासिल हुनसक्दैन । यसका लागि लामो तयारी र आधारहरु बलिया बन्नुपर्दछ । विगतमा गतिला आयौजना र आधारहरु नबन्दा अहिले हामी जति पिरोलिएका छौ, आज ठूला आयोजनाहरु नबन्दा र बनाउन सहयोग नगर्दा भौलीको पुस्ता त्यो भन्दा बढी पिरोलिनेछ । संसारका अन्य देशले बढाएको विकासको ‘गियर’ रोकिनेवाला छैन किनकी उनीहरुको सवारी ‘हाइवे’मा पुगिसकेको छ । तर विकासको हाम्रो सवारी ‘जाम’ मा फसेको छ भने ‘हाइृवे’ त बनाउनै थालेका छैनौ । हिजो ठूला जलविजद्युत केन्द्र नबन्दा आज सिङगो देश लोडसेडिङको मार खप्न विवश छ, उद्योग, कलकारखाना चौपट बनेका छन् । यस्तो दुरावस्थाको एउटै निराकरण भनेको आज दुख खपेरै भएपनि भोलीका लागि बाटो खन्न सुरु गर्नु मात्रै हो । टालटुले विकासका कार्यक्रम र थैलो भर्नै विकासे संस्कृतीको अन्त्य गरी अब भोलीका लागि गतिलो प्रभाव राख्नसक्ने र ‘हाइृवे’ मा प्रवेश गर्न सक्नै ‘मेगा प्रोजेक्ट’हरुको सुरुवात गर्नु नितान्त आवश्यक भइसकेको छ ।

मेगा प्रोजेक्ट बन्दा विशेषत दुई फाईदा हुन्छन् । प्राविधिक भाषामा यसलाइ बुझ्दा पहिलो, फरवार्ड लिन्केज र दोस्रो ब्याकवार्ड लिन्केजका रुपमा बुझ्न सकिन्छ । फरवार्ड लिङकेजले कुनै पनि ठूला आयोजना निर्माण हुनुपूर्व त्यस स्थानमा निर्माण हुनै अन्य साना तर ठूलौ महत्व राख्नै विकासका गतिविधीहरुबाट हुने फाइदालाइ जनाउछ । जस्तै, कुनै एक ठाउमा जलविद्युत केन्द्रको निर्माण गर्नुछ भने त्यस स्थानमा जाने सडकको निर्माण हुन्छ, सञ्चार सुविधा पुग्दछ, यातायातका साधनहरु चल्न थाल्छन् । जसले स्थानीय क्षेत्रलाइ बजार क्षेत्रसंग जोड्न सहयोग गर्दछ । स्थानीय नागरिकहरुले कामको अवसर पाउंदछन् भने विकासे गतिविधिले उनीहरुको सीप र क्षमता समेत बढाउंछ । यस हिसाबले पनि ठूला आयोजना बन्दा त्यसबाट लक्षित उपलब्धि त हासिल हुन्छ नै, अझ त्यो भन्दा पनि बढी त्यस आयोजनापूर्व जौडिएर आउने विकासका अवसरहरुले स्थानीयको जनजीवनमा महत्वपूर्ण अवसर र परिवर्तन ल्याउछ ।

नेपालमा सञ्चालित मेगा प्रोजेक्टहरुको कुरा गर्दा मेलम्ची खानेपाली आयोजना एक महत्वाकाङक्षी र मेगा प्रोजेक्ट मान्न सकिन्छ । सरकारले सुरु गरेको मेलम्ची खानेपानी आयोजना अनेकन् आरोह र अवरोहहरुकाबीच अल्झिरहदा पूरा हुन सकेको छैन । तर, आयोजनाका प्रभावित गाविसका स्थानीय जनताहरुको जीवनमा त्यसले ल्याएको परिवर्तन कति देखिने रुपमा र कति नदेखिने रुपमा विशाल छन् । एउटा सामान्य परिवारको मान्छे जसले आफ्ना सन्तानलाई राम्रौ शिक्षा दिने चाहना दबाएर राखेको थियो, उसले अहिले आफ्ना सन्तानलाइ ईन्जिनियरिङ पढाउन सक्षम भएको छ । सामान्य किसानहरुले खेतीपाती र पशुपालनबाट आयआर्जनका लागि बजार पाएका छन् । स्थानीय युवायुवतीहरुले रोजगारको अवसर पाएका छन् । मेलम्ची सम्मको सडक पक्की भएको छ भने गाउगाउमा कच्ची सडकहरु खोलिएका छन् । त्यस क्षेत्रका १४ गाविसमा दिएको प्रभावित क्षेत्र राहतले हरेक गाविसमा विद्यालय र स्वास्थ्य संसथाहरु बनेका छन् । प्राविहरु मावि बनेका छन्, माविहरु उच्चमावि बनेका छन् अनि उमाविहरु क्याम्पस बनेका छन् ।

मेलम्ची खानेपानी आयोजनाकै कुरा गर्ने हो भने पनि यसले शिक्षा, स्वास्थ्य, आय आर्जन, ग्रामिण विद्युतिकरण र मध्यवर्ती क्षेत्र विकास क्षेत्र सम्बन्धी कामहरु सिन्धुपाल्चोकको १४ गाविस र काभ्रेको ५ गाविसहरुमा संचालनमा गरेको देखिन्छ । जसमा करिब पचास करोड बराबरको आर्थिक सहयौग भईसकेको विवरण सार्वजनिक भएको देखिन्छ । ३० विद्यालयलाई भवन निर्माण सम्बन्धि सहयोग गरेको तथा करिब दुइ दर्जन स्वास्थ्य चौकी निर्माण गरिएको आयौजानले उल्लैख गरेबाट पनि आयोजनापूर्वका फाइृदा बुझ्न सकिन्छ । आयोजना निर्माण पूरा भएकौ छैन तर त्यसपूर्वनै यसले स्थानीयमा आमूल परिवर्तनकौ आभास दिलाएको छ ।

आयोजना निर्माणपछि (ब्याकवार्ड लिङकेज) त स्वभाविका रुपमा स्थानीय र सिङगो देशवासी नै लाभान्वित बन्छन् नै । त्यसले स्थायी रुपमा सिर्जना गर्नै रोजगारीको अवसरले कमसेकम दिनहु खाडी मुलुका पचास डिग्रीको तापक्रममा पसिना बगाउन जाने नेपाली युवाहरुको भीडबाट केही दर्जनलाई रोक्न सक्छ । युवा जनशक्तिलाइ स्थानीय स्तरमै रोक्नसक्नु भनेको विकासको हिसावले अत्यन्तै ठूलो उपलब्धि हो । समाजका हरेका क्रियाकलापमा सक्रिय सहभागिता जनाउने वर्ग हो युवावर्ग । स्वभावैले यो वर्गलाइ विद्रोही र जोशीलो वर्ग मानिन्छ, जसलाइ उपयोग गर्न सकिए समाजमा सरकारात्मक परिवर्तन ल्याउन सकिन्छ । एउटा युवामा आउने सकारात्मक सोच, परिवर्तन र चेतनाले उसको परिवार, छरछिमेक र सिङगो समाजलाई नै गतिशील बनाउन सक्छ । स्थानीय तहमा नै रोजगारीको अवसर पाएर बसेको युवाले समाजमा अन्य विकल्प र सम्भावनाहरुको खोजी गर्दा विकासका कैयौ ढोकाहरु खोलिन सक्छ । त्यही ब्यक्ति सहकारी खोल्नतिर लाग्नसक्छ, आर्थिक उपार्जन समूह निर्माणमा लाग्नसक्छ, सामाजिक सैवामा लाग्नसक्छ, समाजका कुसंस्कार र बेथितीविरुद्ध अभियान सञ्चालन गर्न सक्दछ । त्यसैले त्यस्ता सम्भावनाहरुलाई जीवित राख्नका लागि पनि ठूला र बहुउदेश्यीय आयोजनाको आधार खडा गर्न अत्यन्तै आवश्यक छ ।

विकास ठूला कुराहरुको सग्रह र निर्माण मात्रै पनि त होईन । तिनै देखिदा साना लाग्ने सम्भावनाहरु र अवसरहरुले समाजमा कत्ति ठूलो महत्व बोकेका छन् । वास्तवमा विकासका अन्य ठूलाठूला प्रोजेक्टहरु पनि त्यही आधारमा टेकेर बन्न सक्छन्, अनि एक, दुइृबाट सुरु भएको रोजगारीको अवसर र परिवर्तनको संवेग दोब्बर, तेब्बर बन्दै हजारौको जीवनको सारथी बन्न सक्नेछन् । अहिले शक्तिसाली बनेका र विकासमा फड्को मारेका देशहरुले पनि स्थानीय जनशक्ति र अवसरलाई सदुपयौग गरेकाले नै त्यस अवस्थामा पुगेका हुन्, नकि कसैलै उनीहरुलाई स्वत विकसित बनाईदिएको होस् ।

मेगा प्रोजेक्ट सम्पन्न हुनुपूर्वनै यस्ता अनगिन्ती फाइदा हुनसक्छन् । यस अर्थमा पनि नेपालमा कमसेकम प्रत्येक क्षेत्रहरुमा केही मेगा प्रोजेक्टहरुको सुरुवात हुनु जरुरी छ । जसले आम मानिसलाइ विकासप्रति सकारात्मक र राज्यप्रति अपनत्व महसुस गराउन सक्छ । साथै अस्थिर राजनीतिक ब्यवस्थामा पनि जनताहरु राज्यप्रति विकासको माध्यमबाट जोडिरहन सक्छन् । राजनीतिक स्थिरता देश विकासको महत्वपूर्ण पक्ष हो तर स्थिरता भएपछि मात्रै विकासको अभियान सुरु गर्नै भनेर कदापी बस्नु हुदैन । विकासका सफलताहरुले पनि स्थिरता ल्याउन कैयौ हदसम्म सहयोग पुर्याएका हुन्छन् । दक्षिण अफ्रिका, भारत, पाकिस्तान जस्ता देशहरु अहिले विश्व आर्थिक परिदृश्यमा छाउन थालेका छन् । उनीहरुले पनि आजको भोली नै विकास गरेका होइनन् । राजनीतिक अस्थिरता उनीहरुको मुलुकमा पनि थियो तर विकासका गतिविधि रोकिएनन् । जब राजनीतिक रुपमा देशले केही स्थिरता पायो विकासले स्वत गतीशीलता पायो । त्यसैको फलस्वरुप आज उनीहरु ‘विकासोन्मुख’ र ‘अल्पविकसित’ देश भनेर विकसित देशहरुले लगाइदिएको ‘ट्याग’ बाट माथि उठ्दैछन् तर हामी भने झन् झन् ओरालो लाग्दैछौ । यसकारण पनि हाम्रो देशमा राजनीतिक गतिरोधका बीचपनि मेगा प्रोजेक्टहरुको सुरुवात हुनु अपरिहार्य भईसकेको छ । आजै सुरुवात गर्न नसकेपनि भोलीका लागि आधार बनाउन भने ढिला भईसकेको छ । साधनस्रोतमा यतिविघ्न धनी हुदाहुदै पनि हामी लोडसेडिङले अन्धकारमा छौ, देशका उतपादन यातायातको सुविधा नहुदा कुहिएर गएका छन् तर विदेशबाट महङगो मूल्यमा आयात गर्न विवश छौ । गरिब दाजुभाईदिदीबहिनीका छोराछारीहरु खाडीको देशमा गएर बेचेको श्रम र अरुको भूमि सिंचेको पसीना मार्फत भित्रने रेमिट्यान्सले देश बल्लतल्त चलेको छ । देशभित्रै आर्थिक उभार आउन सकेको छैन । यसअर्थमा पनि विकासका मामलामा हाम्रा राजनीतिक दलहरु, ब्युरोक्र्याट, टेक्नोक्र्याट सबै एक ठाउ आउन जरुरी छ । टुक्रे विकास र कनिका छरेझै छरिएको बजेटले नत विकास सम्भव छ नत संबृद्धि । ठूला जलविद्युत केन्द्रहरु, उत्तर—दक्षिण जोड्ने टनेल राजमार्गहरु पर्यटनका मेगा प्रोजेक्टहरु सुरुवात गर्न कहिकतै अवरोध आउनुहुन्न । नेपालमा लगानीको समस्यानै छैन । लगानीपछिको वातावरण र विकासमा सहयोग नगर्ने परिपाटी मुख्य बाधक बनेको देखिन्छ ।

विकासका बाधक
मार्क्सवादले ध्वंसपछि निर्माणको चरण हो भन्छ तर त्यो चरण आएन भने अराजकता फैलन्छ । अहिले नेपालको स्थिति नि यस्तै भएको छ । विकास निर्माणमा गति आउन नसक्दा अराजकता र भ्रष्टाचार अत्यन्तै मौलाएका छन् । बेरोजगारीले मानिसहरुलाई हिंस्रक बनाउदै लगेको छ । अहिलेसम्म यो देशमा कहिकतै ‘एन्टी करप्सन मुभमेन्ट’ सुरु हुन सकेको छैन । करप्सनमा ब्यक्तिलाइ दोष दिएर बसिरहेका छौ तर यहाको सिस्टमले नै भ्रष्टाचारलाइ ठाउ दिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने कमाएका कम्पनीहरुको कहकितैबाट सम्मान र सहयोगको संस्कारनै देखिदैन । बरु उल्टै त्यसबाट पोसिन चाहनेहरुको लाम भेटिन्छ । राष्ट्रिय पुजीपतिहरुलाई अघि ल्याउन नसक्नु विकासमा अर्को अवरोध हो । हामीकहा पुजीको सम्मान गर्ने संस्कारनै बस्न सकेन, जुन चीन, अमेरिका जस्ता मुलुकहरुले संधै गरिरहे । हामीले लगानीले ल्याउने प्रतिफलबाट फाइदा खोजेनौ बरु लगानीकर्ताबाटनै फाइदा खोज्यौ । त्यसले विकासका गतीवधी बढाएन बरु लगानीकर्ताहरुलाई हतोत्साहित बनाएको छ ।

हामीकहा अहिले जतिसक्दो धेरै मानिसलाइ रोजगारी सिर्जना गर्नसक्ने श्रमकेन्द्रित प्रोजेक्टहरुको खांचो छ । हाम्रो जनशक्तिलाइ ‘इकोनोमिक म्यान’ बनाउन जरुरी छ । विकासका गतिविधीहरुलाइ ‘पावर सेन्टर’ कहाँ लगेर जोड्ने र जोडिने प्रबृत्ति मौलाउदो छ जसलाइ नरोक्ने हो भने विकासका गतिविधि अर्को दशकमा पनि थलानै परेको अवस्थामा हुनेछ । यहाँ ब्यापारीहरुलाइ सभासद बन्नुपरेको छ, अधिकारकर्मिहरुलाइ नेता बन्नुपरेको छ, प्रशासकहरुलाइ नेताको साखुल्य बन्नुपरेको छ । जहाँ जसरी हून्छ, ‘पोलिटकल पावर’ सँग जोडिने क्रम छ । जसको भूमिका जे हो, त्यसमा नलाग्दा विकासका गतिविधि कुँजिएका हुन् ।

विकासका गतिविधि फैलदै जाने र ठूला आयोजनाहरुको सुरुवात हुन नसक्ने मामिलामा हाम्रो न्यायपद्धती पनि दोषी देखिन्छ । कुनै आयोजना सुरुहुनुपूर्व नै अदालतमा कैयौ रिट परिसकेका हुन्छन्, अख्तियारमा कैयौ उजुरी टिपाईएका हुन्छन् । रिट र उजुरीपछि कुनैपनि आयोजनाको काम अघि बढ्नै सक्दैन किनकी सबै डकुमेन्ट ‘जफत’ भईसकैको हुन्छ । यसअर्थमा पनि विकासका आयोजनाहरुका हकमा ‘फास्ट ट्रयाक’ बाट मुद्दा छिनोफानो गर्ने प्रणालीको विकास हुनु जरुरी भईसकेको छ भने न्यायिक निकायहरु पनि ‘प्रो—डेभलपमेन्ट’ बन्नुपर्दछ । त्यसो नहुदा कतिपय अवस्थामा विकासप्रति साच्चै समर्पित मनहरु पनि दुरुत्साहित हुनसक्छन् । अदालत र न्यायिक निकायहरुले मानिसहरु पहिचान गर्न सिक्नुपर्छ । दिल्ली मैटो ट्रेनलाइ अहिले भारतको नमूना आयोजना मानिन्छ । तर, यसको निर्माणपूर्व दिल्ली मैट्रोका प्रमुख श्रीधरन विरुद्ध कैयौ उजुरी परेका थिए । तर दिल्ली अदालतले ‘श्री धरन उजुरी परेअनुसारको खराब मान्छे होइन’ भन्ने निश्कर्ष निकाली काम रोक्न आदेश दिएन । त्यसको नतिजा उनले संबृद्धिउन्मुख राष्ट्र भारतकै एक नमूना आयोजना बनाएर देखाइदिए । कमसेकम विकासका गतिविधीहरुलाइ हेर्ने हाम्रो नजर बदिलिए मात्रै पनि सम्भावनाको एउटा आधार बन्नसक्छ ।

No comments:

Post a Comment