फोहरमैलाको समस्यामा मेरो अनुभव र चिन्तन- भीम उपाध्याय
२० वर्ष पहिले सन् १९९७ मा म जापानबाट ४ महिने फोहर व्यवस्थापन प्रणालीको प्रशिक्षण लिएर फर्किने बेलामा त्यहॉ आफूले नेपाल फर्केर यहॉका तत्काल कायम ३६ नगरपालिकामा फोहरमैला व्यवस्थापन यसरी गर्ने छु भनी कार्ययोजना कार्यपत्र प्रस्तुत गरेको थिएं । नेपाल फर्किए पछि त्यस्तो महत्वपूर्ण काम गर्ने अवसर मलाई प्राप्त नै भएन, न कसैले तिमी त्यो काम गर नै भने ।
त्यसवेला गोकर्ण ल्याण्डफिल्ड साईटमा फोहरफाल्न दिन्नम् भन्दै सौदाबाजी गर्ने र दलका नेताहरू ३ हात उफ्रने गर्थे । दिनहुं बबाल भैरहन्थ्यो । मैले त्यतिवेला देखि चिच्याउदै भन्ने गरेको थिएं- हल्ला गर्नेहरू गरिरहून, काठमॉडौको फोहरको अन्तिम थान्को काठमांडौले नै लगाउने सामर्थ्य राख्नुपर्छ, अर्को जिल्ला वा नगर वा गाउपालिकामा लगेर फाल्ने सोच नै त्याग्नुपर्छ । त्यसबेला ओखरपौवामा सेनिटरी ल्याण्डफिल साईट वनाउने योजना बनाई धमाधम त्यहॉ पुग्ने सडक वनाउनमा रूची राखियो । सडक वनाउदा करोडौंको काम हुने, यसो सबैलाई आम्दानी गर्ने बाटो खुल्ने, नेताहरूको खेततिरबाट लैजाने तर तिनको जग्गा भने जोगाउदै करोडौं बजेट खन्याएर सडक वनाउने काम गरियो । ठेक्का सीधै एनसीसीएनलाई लागत अनुमान भन्दा १०% बढीमा दिने र त्यो काम नेताले भनेको ठेकेदारलाई सर्लक्क सबलेट गर्ने प्रपन्चका साथ चौडा सडक वनाइयो ।
यसमाथि ओखरपौवाको फोहर राख्ने क्षमता पनि खासै थिएन र पछि सिसडोलमा पनि केही थप जग्गा लिईयो । स्थानीय नेताहरूलाई वेलावेलामा हातमा लिदै जसोतसो डम्पिंग साईट चल्दै गयो, अवरोध झेल्दै जेनतेन काम चलाईयो र अहिले परिस्थिति कोल्टे फेरिदा फोहर फाल्ने समस्या झन् विकराल वनिरहेको देखिएकै छ । काठमॉडौं झन् झन् फोहरमॉडौं बन्दै गएको छ । यो सबै स्वाभाविक हो !

मैले उहिले देखि काठमॉडौमा जग्गा पाइन्न, पाए पनि महंगो पर्छ, त्यसैले ईन्सिनेरेसन गर्ने (जलाएर खरानी बनाउने)प्लान्ट जडानमा लागौं भन्दै आएको हुं तर सबैलाई समस्यालाई लम्बाई रहेर कहिले के कहिले के योजनाको प्रस्ताव जन्माउदै तरमार्ने धून न थियो, त्यसैले केही समाधान हुन सकेन/भएन ।
अहिले अब फोहर पनि थान्को गर्न नसक्ने नगरपति मेयर र नगर नेता हरूले नगरलाई साच्चै 'गर पालिका' वनाउलान् कि 'न गर पालिका' नै वनाउछन् आगे हेर्दै जाऔं ।

No comments:
Post a Comment