BHIM UPADHYAYA

* “New ideas pass through three periods: i.It can not be done. ii.It probably can be done, but it is not worth doing. iii.I knew it was a good idea all along!” --Scientist & Science Fiction Writer Arthur D Clarke; अमंत्रमक्षरं नास्ति, नास्ति मूलंनौषधनम् । अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।(मन्त्र नहुने अक्षर हुदैन, ओैषधि नहुने वनस्पति हुदैन, योग्यता नभएको मान्छे हुदैन, तर जहातही कुशल व्यवस्थापकको कमी छ ।)

Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Thursday, September 28, 2017

8:40 AM 1
मैले पंचायती व्यवस्था कालमा पढें। पंचायती व्यवस्थामा जागिर सुरू गरें । बहुदल आयो कृष्णप्रसाद भट्टराई प्रम बने, अब प्रशासनमा व्यापक सुधार होला भन्ने विश्वास पलायो । मुलुक समृद्ध होला भन्ने आश जगायो । नयॉ बहुदलीय संविधान आयो, प्रशासनमा शल्यक्रिया गरियो तर अफसोच रोगी अपॉग बन्यो । स्थिति आज सुध्रेला भोलि सुध्रेला भन्दै दिन विते, भ्रष्टाचारले रेकर्ड तोड्न थाल्यो । चिरन्जीवी जयप्रकाश गोविन्दराज खुमबहादुर प्रवृत्तिको जन्म हुदै गयो । कति लुकेर कति हाकाहाकी कति लेवीका नाममा कति चन्दाका नाममा सर्वत्र भ्रष्ट प्रवृत्ति हावी/दह्रो वन्दै गयो । कर्मचारी सरूवा जिम्मेवारी राजनीतिक नियुक्ति र अन्य सबै विना लेनदेन प्रिपेडपोष्टपेड नगरी संभव हुन छाड्यो/भएन । योग्यता र क्षमताको मापदण्ड नै फेरिए । यिनै माहौलमा माओबादी जनविद्रोह १० वर्ष चल्यो । राजाले सत्ता लिए । तर भ्रष्टाचारलाई निर्मूल गर्न हैन विगतका व्यवस्था भत्काउन वा सत्ताधारीलाई बढार्न सबै स्यालहुईयॉ गर्दै गए । 
माओबादीसमेत सरकारमा आयो, नयॉ संघीय गणतान्त्रिक संविधान पनि वन्यो तर मुलुकको मूल समस्या भ्रष्टाचार र यसका कारण अविकासको उल्मुलन आकाशको फल बन्दै गएको छ ।
गणतन्त्र र सघीय व्यवस्थामा यति पैसाको खोलो बगाउनुपर्ने भयो कि अव सर्वसाधारणका निम्ति सो व्यवस्था दुरूह बनेको छ । छ्यालव्याल पैसा खर्च गर्न नसक्नेले वडाध्यक्ष सम्म पनि जित्न नसक्ने अवस्था छ ।
नेता र कर्मचारीलाई अहिले यति धेरै पैसा चाहिने भएको छ कि तिनले पाए भने गुहुमा डुबेको पैसा पनि टिप्छन्, लाज घीन डर नैतिकता सबै क्रमश: सखाप भएको र नयॉ मुल्ला झन् प्याज धेरै खाने हुन थालेको देखिन्छ ।
अहिले संघीय गणतान्त्रिक व्यवस्था आएपछि स्थानीय चुनाव सम्पन्न भएपश्चात सेवानिवृत्त भएको छु ।
अव यो व्यवस्थामा यी यस्ता समस्याको समाधान कसरी होला? यसमा चिन्तन गर्न झन् जरूरी देखिन्छ ।

Monday, September 25, 2017

7:37 PM 0
मेरा केहि अवलोकनयुक्त केही संस्मरणहरुः

१ मैले जागिर खाएको ८ वर्ष पछि पहिलो मेरो विदेशको ४ महिने तालिम 'फोहरमैला व्यवस्थापन प्रणाली' मा जापानबाट विस ०५३ सालमा लिएको थिएं । तालिम समापन पछि स्वदेश फर्केर फोहरमैला व्यवस्थापन के कसरी गरिने छ त्यसको विस्तृत कार्ययोजना पेश गरेर मात्र प्रशिक्षार्थी सफल भएको मानिन्थ्यो । मैले जापानको तालिममा नेपालका 'तत्काल कायम ३६ वटा नगरपालिकामा फोहर व्यवस्थापनको समस्या यसरी समाधान गर्नेछु' भनी विस्तृत कार्ययोजना पेश गरेर ४ महिने जापानको सफलता साथ फोहरमैला व्यवस्थापन बारेको तालिम पूरा गरेको थिएं । 
स्वदेश फर्के पछि त्यसपछि मलाई सरकारले न मेरो तालिमबारे कहिले केही सोध्यो, न फोहरमैलाको समस्या समाधानगर्ने रिटार्यड हुदासम्म पनि जिम्मा दियो! मेरो तालिम र कार्ययोजना मुलुकलाई काम लागेन ! र फोहरमैलाको समस्या झन झन विकराल वन्दै गएको हामी देखिरहेकै छौं ।

२ म लगायत २५० जना नेपाली विद्यार्थीलाई प्रति वर्ष ५० जनाका दरले १० हजार मेगावाट क्षमता भनिएको कर्णाली जलविद्युत योजना डिजाइन निर्माण गर्न भनेर युएनडीपीको छात्रवृत्तिमा विस २०३७ सालदेखि ५ वर्षसम्म रूड्की विश्वविध्यालयमा ४ वर्षे बिई पढ्न सरकारले पठाइएको थियो । पढेर फर्के पछि कर्णाली त के कुनै जलविद्युत योजनामा पनि नियुक्ति पाईएन र आफै लोकसेवा लडेर स्थानीय विकास मन्त्रालयमा जागिर खान पुगें । त्यसपंछि भवन विभाग र खानेपानी विभाग अन्तर्गत दुर्गम जिल्लाहरूमा खटिएं । ०५२ साल देखि सचिवमा बढुवा नहुदासम्म२० वर्ष जति डोलिडार अन्तर्गत ग्रामीण सडक र झोलुंगे पुलडिजाईन निर्माणमा लागें। सचिव भएपछि नेपाल ट्रष्टमा नियुक्ति पाई स्व पूर्वराजा विरेन्द्रको जग्गाघर व्यवस्थापन गर्ने काम गरें। खानेपानी मन्त्रालयको सचिवमा सरूवा भएर रिटायर नहुदासम्म चर्पी सरसफाई र खानेपानी ढल योजनाको नीति निर्माण र मेलम्ची कार्यक्रम संचालन गर्न पुगें। पढाई तालिम एकातिर काम अर्कोतिर भएता पनि आफूले गरेको सबै काममा म संतुष्ट रहेको छु । म रिटायर हुदासम्म पनि कर्णाली योजना अझै लापता छ !
6:21 PM 0
My Government Employment Timeline Track Record

मेरो जागिरे जिवनको समयसारिणीः
(Up to 9/25/2017)
1 रापअनं प्रथम ओभरसियरः  सेवा अवधि ३ वर्ष ५ महिना १९ दिन
i. सिभिल ओभरसियर रापअन‌ं प्रथम ज्यालादारीः विस ०३५।०४।३१ देखि ०३५।०८।०७ सम्म । कार्यालय सिद्धार्थनगर नगरपालिका भैरहवा । ज्यालादारी सेवा अवधिः ३ महिना ७ दिन ।
ii. सिभिल ओभरसियर रापअनं प्रथम श्रेणी अस्थायीः विस ०३५।८।७ देखि विस ०३८।१०।१९ सम्म । कार्यालयः भैरहवा लुम्विनी भूमिगत जलपरियोजना भैरहवा। सेवा अवधिः ३ वर्ष २ महिना १२ दिन।

2. असिष्टेन्ट इन्जिनियरः सेवा अवधि ९ वर्ष ४ महिना २५ दिन
i. सिभिल इन्जिनियर राप तृ श्रेणी अस्थायीः विस ०४३।०६।१७ देखि विस ०४५।०४।०५ सम्म । कार्यरत कार्यालय: नेपाल विद्युत प्राधिकरणः सर्वेक्षण निर्देशनालय काठमांडौ । सेवा अवधिः १ वर्ष ९ महिना १७ दिन ।
(असिष्टेन्ट इन्जिनियर रापतृ श्रेणी निजामति सेवा स्थायीः विस ०४५।०४।०१ देखि ०५२।११।०९ सम्म । स्थायी सेवा अवधिः ७ वर्ष ७ महिना ८ दिन।)
ii. जाजरकोटः जिल्ला खानेपानी शाखा कार्यालय अई कार्यालय प्रमूखः ०४५।०४।१ देखि ०४६।०१।०३ सम्म
iii. डोटीः ०४६।०१।०४ देखि ०४७।०७।१० सम्म
a.जिल्ला भवन शाखा कार्यालय डोटी कामुडिई कार्यालय प्रमूखः ०४६।०१।०४ देखि ०४७।०३।०५ सम्म
b.जिल्ला खानेपानी शाखा कार्यालय डोटी अईः ०४७।०३।०६ देखि ०४७।०७।१० सम्म
iv. गुल्मीः जिल्ला खानेपानी शाखा कार्यालय अई कार्यालय प्रमूखः ०४७।०७।११ देखि ०४८।०७।३० सम्म ।
v. बैतडीः जिल्ला खानेपानी शाखा कार्यालय अईः ०४८।०८।०१ देखि ०४९।११।०२ सम्म ।
vi. कपिलबस्तुः जिल्ला खानेपानी शाखा कार्यालय अईः ०४९।११।०३ देखि०५२।०६।१० सम्म ।
vii. काठमांडौः जिल्ला खानेपानी कार्यालय अईः ०५२।०६।११ देखि ०५२।११।०९ सम्म ।

3. सिनियर डिभिजनल इन्जिनियरः सेवा अवधिः १२ वर्ष १ महिना ९ दिन।


i. स्थानीय विकास मध्यमान्चल क्षेत्रीय निर्देशनालय ललितपुर सिडीइ उपनिर्देशकः ०५२।११।१० देखि ०५४।०४।३१ सम्म ।
ii. स्थानीय विकास मन्त्रालय,ललितपुर सिडीइः ०५४।०५।०१ देखि ०५५।०८।३० सम्म।
iii. स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग डोलिडार ललितपुर, सिडीइः ०५५।०९।०१ देखि ०६०।०१।२२ सम्म
iv. जिल्ला प्राविधिक कार्यालय, कास्कीः मिति ०६०।०१।२३ देखि ०६२।०६।११ सम्म
v. स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, ललितपुरः ०६२।०६।१२ देखि ०६४।१२।१९ सम्म।

4. सहसचिवः सेवा अवधिः ७ वर्ष ६ महिना ।

i. स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, उपमहानिर्देशकः मिति ०६४।१२।२० देखि ०७०।०५।१५ सम्म
ii. स्थानीय पूर्वाधार विकास तथा कृषिसडक विभाग, कामु महानिर्देशकः मिति ०७०।०५।१६ देखि ०७०।०९।२१ सम्म
iii. स्थानीय पूर्वाधार विकास तथा कृषिसडक विभाग, महानिर्देशकः मिति ०७०।०९।२२ देखि ०७१।०१।२१ सम्म
iv. संघीय मामला तथा स्थानीय विकास मन्त्रालय सिंहदरबार, सहसचिवः ०७१।०१।२२ देखि ०७१।०७।०८ सम्म ।
v. शान्ति तथा पुनःनिर्माण मन्त्रालय, सिंहदरबार, सहसचिवः ०७१।०७।०९ देखि ०७२।०६।२१ सम्म

5. सचिवः १ वर्ष १० महिना २१ दिन ।

i. सचिव, नेपाल ट्रष्टको कार्यालयः मिति ०७२।०६।२२ देखि ०७३।०६।०१ सम्म
ii. सचिव, जल तथा उर्जा आयोगः ०७३।०६।०२ देखि०७३।०७।१८ सम्म
iii. सचिव, खानेपानी तथा सरसफाइ मन्त्रालयः ०७३।०७।१९ देखि ०७४।५।१३ सम्म ।
Retired since...


Saturday, September 23, 2017

7:31 PM 0

मेरो सरकारी जागिरे जिवनः कुल ३२ वर्ष ७ महिना

१ सिभिल ओभरसियर रापअन‌ं प्रथम ज्यालादारीः विस ०३५।०४।३१ देखि विस ०३५।०८।०७ सम्म । कार्यालय सिद्धार्थनगर नगरपालिका भैरहवा । ज्यालादारी सेवा अवधिः ३ महिना ७ दिन ।
२. सिभिल ओभरसियर रापअनं प्रथम श्रेणी अस्थायीः विस ०३५।८।७ देखि विस ०३८।१०।१९ सम्म । कार्यालयः भैरहवा लुम्बिनी भूमिगत जलपरियोजना भैरहवा। अस्थायी सेवा अवधिः ३ वर्ष २ महिना १२ दिन।
३. सिभिल इन्जिनियर राप तृ श्रेणी अस्थायीः विस ०४३।०६।१७ देखि विस ०४५।०४।०५ सम्म । कार्यरत कार्यालय: नेपाल विद्युत प्राधिकरणः सर्वेक्षण निर्देशनालय काठमांडौ । अस्थायी सेवा अवधिः १ वर्ष ९ महिना १७ दिन ।
४. इन्जिनियर रापतृ श्रेणी निजामति सेवा स्थायीः विस ०४५।०४।०१ देखि वि स ०५२।११।०९ सम्म । कार्यरत कार्यालयहरुः जाजरकोट, डोटी, गुल्मी, बैतडी, कपिलबस्तु र काठमांडौंका सार्वजनिक निर्माण शाखा, भवन कार्यालय र खानेपानी कार्यालयहरु । स्थायी सेवा अवधिः ७ वर्ष ७ महिना ८ दिन।
५. सिनियर डिभिजनल इन्जिनियर रापद्वी श्रेणीः विस ०५२।११।१० देखि विस ०६४।१२।१९ सम्म। कार्यरत कार्यालयः स्थानीय विकास मध्यमान्चल क्षेत्रीय निर्देशनालय, स्थानीय विकास मन्त्रालय र स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, कास्की जिल्ला प्राविधिक कार्यालय । स्थायी सेवा अवधिः१२ वर्ष १ महिना ९ दिन।
६. सहसचिव राप प्रथम श्रेणी प्राविधिकः विस ०६४।१२।२० देखि विस ०७२।०६।२१ सम्म । कार्यरत कार्यालयः स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय । स्थायी सेवा अवधिः ७ वर्ष ६ महिना ।
७. सचिव विशिष्ठ श्रेणीः विस ०७२।०६।२२ देखि विस ०७४।५।१३ सम्म ।कार्यरत मन्त्रालयः नेपाल ट्रष्टको कार्यालय, जल तथा उर्जा आयोग र खानेपानी तथा सरसफाइ मन्त्रालय। स्थायी सेवा अवधिः १ वर्ष १० महिना २१ दिन ।

Monday, September 11, 2017

10:04 AM 0
मेरो जागिर जिवनमा प्रत्यक्ष सम्पर्कमा रही काम गरेका मन्त्रीहरुः
मैले मेरो जिवनमा ०५२ साल देखि ०७४ भदौसम्म मन्त्रालय र विभागमा कामगर्दा सबै दलका ४१ जना मन्त्रीहरूसंग प्रत्यक्ष फ्रन्टलाईनमा सहकार्य गर्ने अवसर पाएं, विभिन्न अलग अलग कार्यशैलीका मेरा मन्त्रीहरू यी रहे-
१. कमल थापा,
२. अमृत बोहरा
३.गजेन्द्र नारायण सिंह
४.रामचन्द्र पौडेल
५. खुमबहादुर खड्का
६. सुरेश मल्ल राज्यमन्त्री
७. आफताब आलम राज्यमन्त्री
८.गोविन्दराज जोशी
९. दानालाल चौधरी राज्यमन्त्री
१०. अजय चौरसिया सहायक मन्री
११. चिरन्जीवी वाग्ले 
१२. बद्री मंडल
१३. असर्फी साह सहायक मन्त्री
१४. टंक ढकाल
१५. खड्गबहादुर जिसी
१६.देवबहादुर पौडेल राज्यमन्त्री
१७. गणेश खड्का राज्यमन्त्री
१८. देव गुरूंग
१९. नबिन विश्वकर्मा राज्यमन्त्री
२०. रामचन्द्र झा
२१.पूर्णकुमार शेर्मा
२२. युवराज ज्ञवाली
२३. कष्णगोपाल श्रेष्ठ राज्यमन्त्री
२४ राजेन्द्र पाण्डे
२५. उर्मीला अर्याल
२६. शत्रुघन महतो
२७. गंगालाल तुलाधर
२८ टोपबहादुर रायमाझी
२९.नारायण काजी श्रेष्ठ
३०. बिद्याधर मल्लिक
३१.प्रकाशमान सिंह
३२.नरहरि आचार्य
३३. केपीशर्मा ओली प्रम
३४.जनार्दन शर्मा
३५. प्रचण्ड प्रम
३६. प्रेमबहादुर सिंह
३७. जीवनबहादुर शाही
३८.दीपक खड्का राज्यमन्त्री
३९.शेरबहादुर देउबा प्रम
४०. महेन्द्र यादव
४१. अब्दुल रज्जाक गद्दी राज्यमन्त्री
माथिका केही मन्त्री दोहरीदै पुन: मन्त्री पनि वनेका थिए ।
9:49 AM 0
जागिरमा मेरा सचिव हाकिमहरुको नामावलीः
०५२ सालदेखि काठमांडौंमा केन्द्रिय मन्त्रालय विभागमा बसेर विभिन्न पदमा कामगरेर रिटायर नहुदासम्म म प्रत्यक्ष रुपमा ४१ जना मन्त्रीसंग सीधा काम गर्ने मौका पाएँ भने यसका साथै केन्द्रमा काम सुरु गर्दादेखि म आफु सचिव नहुदासम्म १८ जना सचिवहरुको मातहत प्रत्यक्ष काम गरेको अनुभव बटुल्ने मौका पाएको छु ।
ती सचिवहरु निम्न छन्ः
१ बिश्वराज रेग्मी
२ शम्भूशरण कायस्थ
३ केशवराज राजभण्डारी
४ उदयराज सोती
५ यज्ञप्रसाद गौतम
६ खेमराज नेपाल
७ दोलखबहादुर गुरुंङ
८ सुशील घिमिरे
९ भगवतिप्रसाद काफ्ले
१० पुण्यप्रसाद न्यौपाने
११ कृष्ण ज्ञवाली
१२ रामकुमार श्रेष्ठ
१३ श्यामप्रसाद मैनाली
१४ शीतलबाबू रेग्मी
१५ शान्तबहादुर श्रेष्ठ
१६ सोमलाल सुवेदी
१७ खुमराज पुँजाली
१८ रमेशकुमार शर्मा
यसपश्चात म स्वयं सचिव पदमा बढुवा भएँ।

सहकर्मी साथि हरु संगको एउटा फोटो

4:02 AM 1

Tuesday, November 23, 2010

व्यर्थमा असफल कृषिसडक कार्यक्रम

10:12 PM 0
व्यर्थमा असफल कृषिसडक कार्यक्रम
व्यर्थमा असफल कृषिसडक कार्यक्रम
(साप्ताहिक नेपालमा ५ वर्षअघि प्रकाशित लेख)
भीम उपाध्याय

यातायातको पूर्वाधारहरुविना  आर्थिक विकासको इन्जिन चल्न संभव हुदैन भन्ने अध्ययनको निष्कर्षमा आधारित भएर मुलुकभरी ग्रामीण कृषिसडकको संजाल विस्तार गर्नेे निधो दीर्घकालिन कृषि  योजनामा गरिएकोे हो । ६ वर्षको लामो अध्ययन एवं प्राविधिक तयारी पछि नवौ योजनाको आरम्भ भएको ०५४ साल देखि २० वर्षे दीर्घकालिन कृषि योजना कार्यान्वयन आरम्भ भयोे । तर, यावत प्रयत्नका बाबजुद कृषिसडकजस्तो महत्वपूर्ण कार्यक्रम सफल हुन सकेन । २० वर्षका लागि तयार पारिएको योजनालाई ५ वर्षमै थला पारियो ।
उसोभए, के २० वर्षे कृषियोजना सरोकारवालाहरुलाई समावेश नगराई माथिवाट लादेर हतारमा तयार पारिएको केन्द्रिकृत  योजना थियो? थिएन ।  आधा दशक भन्दा बढी समय लगाएर लामो सहभागितात्मक प्रकृया अपनाई नेपालका भएभरका वुद्धिजीवी, परामर्शदाता, दातृसंस्था, सरकारी उच्च अधिकारीहरु सक्रिय रहेर अन्तिम रुप दिइएको संभवतः इतिहासकै यो सवैभन्दा वृहद योजना थियो ।

Saturday, October 9, 2010

वेद देखि मनु धर्मशास्त्रसम्मः हामी अनभिज्ञ, पश्चिमेलीहरु विज्ञ

3:23 AM 1
वेद देखि मनु धर्मशास्त्रसम्मः हामी अनभिज्ञ, पश्चिमेलीहरु विज्ञ
वेद देखि मनु धर्मशास्त्रसम्मः हामी अनभिज्ञ, पश्चिमेलीहरु विज्ञ
नेपाल समाचारपत्र ४ मंसिर ०५३ मा प्रकासित
भीम उपाध्याय
प्रसिद्ध अमेरिकी दार्शनिक बिल डुरान्टले भनेका छन्– संस्कृत भाषा संसारका सबै भाषा, ज्ञान, विज्ञानको जननी हो । सबै जसो प्राचीन हिन्दू धर्म ग्रन्थहरु संस्कृत भाषाबाट टाढिदै जाँदैछन् । २०२८ सालमा नेपालमा राष्ट्रिय शिक्षापद्धतिको योजना लागू भएयता पहिले एस. एल. सी. कक्षासम्म पढाइने अनिवार्य संस्कृत भाषाको अनिवार्यता हटाई इच्छाधीन बनाइयो । फलस्वरुप प्रतिष्ठित पेशामा लाग्न चाहने महत्वाकांक्षी जेहेन्दार विद्यार्थीहरुले जीव विज्ञान वा गणित छोडेर संस्कृत भाषा लिन चाहने कुरा भएन र साधारण विद्यार्थीहरुमा परीक्षा पास गर्न सजिलो होस् भन्ने ध्येयबाट मात्र संस्कृत भाषालाई इच्छाधीन विषयको रुपमा चयन गर्ने प्रवृत्ति विकसित भयो । यस प्रकार जान अन्जानमा नेपालीभाषाको जननी संस्कृत भाषाको ज्ञानबाट आजका पुस्ता अनभिज्ञ रहने अवस्था आएको छ । यसले गर्दा हाम्रो संस्कृति, परम्परा, बुद्धिमत्ताजस्ता पक्षमा यसले नकारात्मक असर पार्दै आउन थालेको छ  र हाम्रो अस्तित्वको पहिचान नै खतरनाक मोडमा पुग्न लागेको देखिन्छ । हुन त आज देशमा संस्कृत विद्याको जगेर्ना गर्नका लागि भनेर महेन्द्र संस्कृत विश्वविद्यालय सञ्चालित छ र तर यसलाई आवश्यक पर्ने भौतिक साधन तथा स्रोत र विद्यार्थीको आपूर्ति सन्तोषजनक भएको पाईदैन ।

Wednesday, September 29, 2010

राष्ट्रनिर्माणमा निर्णायक युवाशक्ति

10:54 PM 0
राष्ट्रनिर्माणमा निर्णायक युवाशक्ति
lg0f{fos o'jfzlQm
-g]kfn ;dfrf/kqdf k|sflzt_
-;u/dfyf kmf]G6_
eLd pkfWofo
cd]l/sfsf #! ;f} /fi6|klt xa{6{ x'e/sf] zJbdf, ‘o'4sf] 3f]if0ff a"9fx? u5{g, t/ n8g' / d'g{' t o'jfx?n] k5{Ú . s'g} klg /fi6|sf] efUosf] ;'? / clGtd c:q o'jfzlQmg} xf] . o'jfju{ ;3g phf{ x'g\ . ;dfhsf lglDt of tL l;h{gfTds x'G5g\ jf WjG;fTds . /fHon] ;xL 9+udf ltgsf] pkof]u ug{ ;Sof] a/bfg, geP cle;fk l;4 x'G5 . ljsl;t d'n'sdf phf{jfg o'jfhgzlQmsf] cefjdf / ljsf;zLn b]zdf To;sf] clwstfn] cfly{s, ;fdflhs, /fhgLlts ;d:of b]lvg] u/]sf] 5 . tLa| ljsf;jfg b]zx? clxn] k/b]zaf6 o'jf dfjg>d cfoft ug{ afWo 5g\ . ljsl;t b]zn] klxn] a9L hg;+Vof x'gnfO{ ;d:of eg]], clxn] o'jf hg;+Vof sd x'g' ;d:of ePsf] yfxf kfP .
hg;+Vofsf] a[l4n] dfG5]sf] vfg] d'vdfq a9]/;d:of cfPsf] x'b}g, /fHosf] gLltn] To:tf dfgjk'lhsf] ;b'kof]unfO{ ;Djf]wg ug{ g;Sbf /fhgLlts, ;fdflhs, cfly{s If]qsf] ;'Joj:yfdf ulDe/ k|efj k/]sf] x'G5 . ;du| hg;+Vofdf t?0fju{sf] cg'kftn] b]zsf] ;fdflhs /fhgLlts cdgr}g jf zflGtdf HjnGt k|efj kf/]sf] x'G5 . /fhgLlts bnsf] h'emf?kgf, ;fdflhs, /fhgLlts pynk'yn, ljb|]fx, cfGbf]ng, qmflGtsf kl/df0f tyf kl/0ffd Pj+ To;sf] u'0f:t/ / oyfl:yltlj?4 v}nfa}nf dRrfpg] tfst o'jfju{sf] cg'kft Pj+ g]t[Tjsf] ljBdfgtfaf6} ;a}eGbf a9L k|efljt x'g] u/]sf] 5 .