म प्रधानमन्त्री भएको भए... (भीम उपाध्यायसंग संवाद)
-gofklqsf b}lgsdf kmfu'g ! ut], @)^% ;fn ljlxjf/ k|sflzt _
2009-02-12,Thursday
'तपाईं प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो ? यस्तो प्रश्नले एकचोटि त म झसङ्ग भएँ । साँच्चि, म के गर्थें होला ? गफमा एकदम चम्फु पूर्ण राजनैतिक प्राणी भएको भए भटाभट भन्दिहाल्थँ होला, 'फलानो-फलानो गरेर 'हुम फट स्वाहा' गर्दै यो देशको मुहार यति वर्ष, महिना र दिनमा फेरिदिन्छु ।' तर, आफू परे इन्जिनियर । प्राविधिक प्राणी । एक प्रकारले म अक्क न बक्क भएको थिएँ ।
'सर, हामी एकदम रिल्याक्स्ड (सहज) भएर कुरा गरूँ ल ।'
सहजता र होलोसित कुरा गर्नका लागि चिया पूर्वाधार
(इन्फ्रास्ट्रक्चर) हुन सक्छ ।
'चिया खाऊँ है, भाइ ।'
'हुन्छ, मलाई कालो भन्दिनुहोला ।'
***
'आफ्ना बारेमा केही बताउनुस् न ।'
सोह्र सालको जन्म हो मेरो । गुल्मी जिल्लाको मरभुङ जन्मथलो । तर, म हुर्केबढेँ भैरहवामा । त्यहीँ पढेँ । बत्तीस सालमा भैरहवा हाई स्कुलबाट एसएलसी पास गरेँ । राम्रो विद्यार्थी थिएँ, अनुशासित र पढन्ते । बाल्यकाल सामान्य रह्यो । घरको आर्थिक अवस्था पनि सामान्य थियो, न खिरैखिर, न चौलानीको हाहाकार । राम्रो पढ्ने भएकाले दस कक्षासम्मै छात्रवृत्तिमा पढेँ । एसएलसीपछि लागियो काठमान्डूतिर । पुल्चोक क्याम्पसमा भर्ना भएँ । यहाँ युएनडिपीको छात्रवृत्ति पाएँ । सिभिल इन्जिनियरिङमा दुईवर्षे प्रवीणता प्रमाणपत्र तह पूरा गरेर ओभरसियर भएँ ।

ओभरसियर हुनासाथ भैरहवा-लुम्बिनी भूमिगत जलपरियोजनामा जागिर पाइहालेँ । त्यतिवेला जागिर पाउनु त्यति गाह्रो थिएन । अहिले त मान्छेको शैक्षिक प्रमाणपत्र खुइलिन्छ, उसको तालु खुइलिन्छ र पनि जागिर पाउन मुस्किल हुन्छ । कति त आजीवन बेरोजगार रहन्छन् होलान् । त, साँढे तीन वर्ष काम गरेँ त्यहाँ ।
२०३९ सालमा फेरि युएनडिपीबाट छात्रवृत्ति पाएर भारतको रुड्की विश्वविद्यालयमा बिई (इन्जिनियरिङमा स्नातक) पढ्न गएँ । कर्णाली जलविद्युत् आयोजनाका लागि पाँच वर्षमा दुई सय पचास इन्जिनियर तयार गर्ने योजना थियो युएनडिपीको । रुड्की विश्वविद्यालय हरिद्वारनजिकै पर्छ । २०४३ सालमा सिभिल इन्जिनियरिङमा बिई गर्नासाथ नेपाल विद्युत् प्राधिकरणमा अस्थायी इन्जिनियरका रूपमा जागिर पाइहालेँ । र, २०४५ सालमा स्थानीय विकास मन्त्रालयमा स्थायी इन्जिनियरका रूपमा नियुक्त भएँ ।
२०४६ साल मंसिरमा ललितपुरकी ललिता उपाध्यायसँग मेरो बिहे भयो । जनआन्दोलनको समय थियो त्यो । पञ्चायतको ब्यान्ड बजाउँदै थिए दलहरू । भैरहवाबाट जन्ती लिएर म काठमाडौं आइरहेको थिएँ, बिहेको ब्यान्ड बाजासहित । छोरी स्नेहा, छोरा सत्यार्थ र श्रीमती ललितासँग सुखशान्तिपूर्वक गुडिरहेछ मेरो गृहस्थीको रथ ।
***
'तपाईंका लेखहरूमा यौटै गुनासो हुन्छ- नेताहरूले प्रविधिको महत्त्व नै बुझेनन्, सरकारले विज्ञान र प्रविधिको विकासमा सिन्कै भाँचेन । प्रविधिको किन यतिविधि वकालत गर्नुभएको ?'
हो, म लेखहरूमार्फत् वकालत गर्छु प्रविधिको । गरिरहनेछु । प्राविधिक भएका कारणले मात्रै होइन । नागरिकका रूपमा यो मेरो कर्तव्य पनि हो भन्ने लाग्छ । हामी प्राविधिकहरूको समस्या भनेको केवल फस्र्ट क्लास रिपोर्ट लेख्ने, थेसिस लेख्ने । त्यो पनि आफ्नो क्षेत्रभित्रका मानिसले मात्रै बुझ्ने भाषामा । जनसाधारणले बुझ्ने भाषामा हामी सञ्चार गर्न सक्दैनौँ । आइन्स्टाइनसँग सरल भाषामा बोल्ने र लेख्ने सीप भएकाले नै उनको सापेक्षताको सिद्धान्त धेरै मानिसले बुझेका हुन् ।
मैले प्रविधिमा धेरै जोड दिनेगर्छु, किनभने प्रविधिले मान्छेको भौतिक दुःख घटाइदिन्छ र क्षमता बढाइदिन्छ । मानवजीवनलाई सुखी र समृद्ध बनाउँछ यसले । मान्छेले सिकेको पहिलो महत्त्वपूर्ण प्रविधि आगो हो । आगोको आविस्कारपछि जीवन सरल भयो । नयाँनयाँ सम्भावनाहरू जन्मिए । हो, प्रविधिको कामै यही हो ।
'राजनीतिविना प्रविधि एक्लैले केही गर्न सक्छ र ?'
यो प्रश्न नयाँ होइन । राजनीति माटो हो भने प्रविधि बिरुवा । माटो खराब भयो भने बिरुवा हुर्कन्न । माटोलाई सपार्न, ठीक गर्न र अनुकूल बनाउन सकिन्छ । हाम्रो देशमा प्राविधिक गधाजस्तै काम गर्छ, एकदमै आज्ञाकारी भएर । राजनीतिज्ञसँग ऊ कुनै पनि प्रकारको द्वन्द्व गर्दैन । द्वन्द्वविना विकास कसरी हुन्छ ? प्रविधि नफस्टाउनुको धेरै कारणहरूमध्ये यो पनि एक हो ।
'केही विकासशास्त्रीहरू नेपालका पहाड, कन्दरा, खोँचहरू नै विकासका प्रमुख बाधा हुन् भन्छन् नि ?
'नेपालमा क्या भौगोलिक विविधता छ, यार' भनेर नाक फुलाउनुबाहेक र प्रकृतिका कविता लेख्नुबाहेक यिनको कुनै उपयोगिता छैन भन्ने गरेको पनि सुनिन्छ ।'
यो कुरामा म सहमत छैन, एक रौँ पनि । भूगोल कसरी बाधा हुन्छ ?
भूगोल त स्रोत हो । सय वर्षअघि अरब देशहरू के थिए ? आज के छन् ? गाँठी कुरो हो प्रविधि । उनीहरूले पेट्रोल निकाल्ने प्रविधिलाई उधुमै महत्त्व दिए । परिणाम- आज उनीहरू कति सम्पन्न छन् । उपनिषद्मा यौटा श्लोक छ-
अमन्त्रम् अक्षरम् नास्ति, नास्ति मूलम् अनौषधम् अयोग्यो पुरुषो नास्ति, योजकः तत्र दुर्लभः ।
मन्त्र नहुने कुनै अक्षर हुँदैन, औषधी नहुने कुनै जरो हुँदैन । कुनै पनि मानिस अयोग्य हुँदैन । योजक अर्थात् संयोजक अर्थात् व्यवस्थापक मात्रै दुर्लभ हुन्छ । नेपालमा सबथोक छ । प्राकृतिक स्रोत, जनशक्ति, सम्भावना, सबथोक । केवल कुशल व्यवस्थापक छैनन् । व्यवस्थापन असाध्यै महत्त्वपूर्ण कुरो हो र यो प्रविधिअन्तर्गतै पर्छ ।
'इन्जिनियरको आँखाबाट काठमान्डू कस्तो देखिन्छ ?'
जसको आँखाबाट हेरे पनि काठमान्डू भद्रगोल सहर हो । विनाकुनै गुरुयोजना उधुमसँग भएको यो सहरीकरणले यसलाई सिमेन्टको भद्दा जंगल मात्रै बनाएको छ ।
'इन्जिनियरका रूपमा गर्व गर्न लायक केके बनाउनुभो ?'
आफू संलग्न सानोभन्दा सानो निर्माण पनि इन्जिनियरलाई पि्रय हुन्छ । तैपनि, मलाई आफू संलग्न पर्वत जिल्लाको दोबिल्लादेखि फलेबाससम्मको १५ किलोमिटर लामो कृषि सडकले त्यहाँको जनजीवनमा ल्याएको अभूतपूर्व परिवर्तन देखेर औधि खुसी लाग्छ । यस्तै, महाकाली नदीपारिका चाँदनी र दोधारा गाउँ जोड्ने १४ सय ५२ मिटर लामो झोलुंगेपुलको निर्माणमा पनि संलग्न थिएँ म । सायद, यो एसियाकै दोस्रो लामो 'मान्छे हिँड्ने झोलुंगेपुल' हो ।
***
म प्रधानमन्त्री भएको भए...
'तपाईं प्रधानमन्त्री भएको भए के गर्नुहुन्थ्यो ?'
विश्वमा धेरै प्राविधिकहरू राष्ट्रप्रमुख भएका छन् । चीनमा राष्ट्रपति, उपराष्ट्रपतिलगायत सरकारका मुख्य पदमा प्राविधिकहरू नै छन् । राष्ट्रपति हु जिन्ता ओ जलसंरक्षण इन्जिनियर हुन् भने उपराष्ट्रपति जेङ क्विङहङ मेकानिकल इन्जिनियर हुन् । भारतमा पूर्वराष्ट्रपति अब्दुल कलाम उडड्यन इन्जिनियर हुन् । (उनी मेरा आदर्श हुन् ।) जवाहरलाल नेहरू रसायन विज्ञानका स्नातक हुन् । पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टर परमाणु इन्जिनियर हुन् भने प्यालेस्टाइनी पूर्वनेता यासिर अराफत र हाल इरानी राष्ट्रपति अहमदिनेजाद सिभिल इन्जिनियर हुन् । प्राविधिकहरू राष्ट्रप्रमुख भएका उदाहरणहरू कत्ति छन् कत्ति । तर, म आफैं प्रधानमन्त्री भएको भएचाहिँ यसो गर्थें होला-

प्रधानमन्त्री भएको पहिलो दिन
पहिलो दिन म जनतालाई सम्बोधन गर्थें । परम्परागत प्रधानमन्त्रीहरूभन्दा मेरो सम्बोधन दुई अर्थमा फरक हुन्थ्यो । पहिलो, म सपना बाँड्ने काम गर्ने थिइनँ । पपुलिस्ट (लोकप्रियतावादी) होइन, कंक्रिट (यथार्थपरक) कुरा गर्थें ।
यो गर्न सक्छु, यो गर्न सक्दिनँ पनि भन्थेँ । दोस्रो- मेरो सम्बोधन लामो हुन्थेन, बढीमा दस मिनेट । सम्बोधनमा म विश्वभरि छरिएरका नेपाली प्राविधिक तथा वैज्ञानिकहरूलाई नेपाल फर्किन आह्वान गर्थें ।

पहिलो हप्ता
सरकार गठन गरेर विशेषज्ञहरूलाई मन्त्री बनाउँथेँ । सो सम्भव नभए सहायक र राज्यमन्त्री त सम्बन्धित विशेषज्ञलाई बनाउँथेँ, बनाउँथँ । मन्त्रीहरूलाई एकदम शक्तिसम्पन्न बनाउँथेँ । मन्त्रीहरू आफ्ना मन्त्रालयसँग सम्बन्धित विषय र क्षेत्रका विज्ञ हुने भएकाले कर्मचारीतन्त्रले उनीहरूलाई 'घुमाउन' सक्ने स्थिति हुने थिएन ।
मन्त्रीहरूको नेतृत्वमा विभिन्न समूहहरू बनाएर जनताका आवश्यकता र समस्याहरू पहिचान गर्न पचहत्तरै जिल्ला पठाउँथेँ । जनताको वास्तविक स्थितिको यथार्थ जानकारी पाउन उनीहरूको आँगन-करेसो पुग्नै पर्छ ।
(डा.बाबुराम भट्टराई महिनाको एकचोटि गोर्खा जानुहुन्छ । यो एकदमै राम्रो कुरा लाग्छ मलाई ।) प्रत्येक जिल्लाको कुल गार्हस्थ उत्पादन, गरिबी, समस्या, कृषि, रोजगारी, सामाजिक तथा सांस्कृतिक पक्ष आदिका बारेमा जानकारी संकलन गर्न लगाउँथेँ ।

तीन महिनाभित्र
मन्त्रीसहितको विशेषज्ञहरूको टोलीले दुई महिनाभित्र आवश्यकता पहिचानका लागि तथ्य/तथ्यांक संकलन गरिसक्छन् । यी सबै रिपोर्टहरूलाई मिलाएर यौटा 'राष्ट्रिय आवश्यकता पहिचान दस्तावेज' बनाउँथेँ । अनि, जनतासित यी-यी तपाईंहरूका आवश्यकता हुन् कि होइनन् भनेर सार्वजनिक छलफल गर्थें । त्यसपछि सम्बन्धित विज्ञहरूद्वारा त्यही दस्तावेजका आधारमा प्रारम्भिक योजना बनाउने काम गर्थें । अब ती योजनाहरूको कार्यान्वयनका लागि पैसा चाहियो । ठूला र जटिल योजनाका लागि वैदेशिक ऋण तथा अनुदान अपरिहार्य छ । आफ्नै देशको स्रोतसाधनले भ्याउने योजनाहरू फटाफट कार्यान्वयन गरिहाल्थेँ ।
विदेशी लगानी भित्र्याउनका लागि देशमा सुशासन, शान्ति र स्थिरता हुनुपर्छ । तीन महिनाभित्र यी सब प्राप्त गर्न सकिने त होइनन्, तर म कोसिस गर्नचाहिँ कुनै कसर बाँकी राख्ने छैन ।

पहिलो वर्षभित्र
एक वर्षभित्र संगठन स्थापित हुनेछ । प्राथमिकताको पञ्चशीलमुताविक काम गर्नेछु म । युवा केन्दि्रत शिक्षा, महिला केन्दि्रत परिवार, ज्ञान केन्दि्रत समाज, ऐश्वर्य केन्दि्रत राष्ट्र र अभिनव केन्दि्रत विश्व प्राथमिकताका पञ्चशील हुन् । भ्रष्टाचार निवारण पनि मेरो अभियानअन्तर्गत पर्नेछ । विद्वान् डा. एन भित्तलका अनुसार भ्रष्टाचारका पाँच पात्र हुन्छन्, नेता, लाला (व्यापारी), झोला (गैरसरकारी संस्था), दादा (गुन्डा) र बाबु (कर्मचारी) । यिनीहरूको मिलेमतोमा हुन्छ भ्रष्टाचार ।
इ-गभरन्यान्स -विद्युतीय शासन) भ्रष्टाचारविरुद्ध राम्रो हतियार हुन सक्छ । किनभने दुईजना मान्छे मिलेपछि न हुने हो भ्रष्टाचार । यदि उनीहरूबीच भौतिक सम्पर्क भएन भने भ्रष्टाचार हुने सम्भावना पनि कम होला कि ? म प्रधानमन्त्री भएको भए विज्ञान र प्रविधिमाथि जोड दिन्थेँ । जसले जे जान्दछ, त्यही गर्ने हो । देशले भौतिक संमृद्धि हासिल नगरेसम्म जनताको जीवन कायापलट र सुखी हुन सक्दैन । भौतिक संमृद्धिको पहिलो सर्त प्रविधि हो ।
तपाईं प्रधानमन्त्री भएको भए नयाँ नेपाल कसरी निर्माण गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर ।'
सेना समायोजन कसरी गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर ।'
ऊर्जा संकटलाई कसरी हटाउनुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर ।'
संघीयता कसरी लागू गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर ।'
संगीत, कला र साहित्यको कसरी विकास गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर ।'
नेपालका अन्य संकटलाई कसरी निवारण गर्नुहुन्थ्यो ?
'प्रविधिको विकास गरेर ।'
(भीम उपाध्यायलाई यस प्रकृतिका प्रश्न गर्ने हो भने उत्तर पनि यस्तै पारामा पाउन सकिन्छ भन्ने रमाइलो सोचमा आधारित काल्पनिक कुराकानी)
उल्लेखित विषयमा उपाध्यायका विचार :

नयाँ नेपाल
ज्ञान अर्थतन्त्रको विकास गर्न प्रत्येक जिल्लामा अत्याधुनिक पुस्तकालय, इन्टरनेट आदिको व्यवस्था गर्थें । स्थानीय जनताका जनजीविकालाई टेवा हुनेगरी विषयगत वेबसाइटहरू सञ्चालन गर्न लगाउँथेँ । स्थानीय जनतालाई पर्यटन व्यवसाय सञ्चालन गर्न आवश्यक प्रशिक्षण वा सुविधाका लागि विनाधितो ऋण पाउने व्यवस्था गर्थें । वैज्ञानिक, नेता र किसानको सहकार्यमा कृषि-क्रान्ति र दुग्ध-क्रान्ति सम्पन्न गराउन प्रयत्न गर्थें । गाउँहरूलाई बजार अर्थतन्त्रको बाटोमा हिँडाएर संमृद्ध बनाउँथेँ । सहरको सुविधा र गाउँको प्राकृतिक वातावरण हुने ग्रामीण सहरहरूको विकास गर्थेँ ।
सेना समायोजन
सेना समायोजन गर्दा त्यसको व्यावसायिकतामा मात्र बहस गरेर पुग्दैन । सेनाको संख्या कति राख्ने हो, त्यो दृष्टिकोणबाट हेरिनु बढी महत्त्वपूर्ण छ । सेनाका विभिन्न पदमा उमेरको संरचना खल्बलिनुहुँदैन । सेनाको औसत उमेर निरन्तर युवा हुनुपर्छ । सेना बूढाहरूको जमघट हुन पुगेमा लडाकू चरित्र विलीन हुन पुग्नेछ । यसबारे स्पष्ट नीति बनाउने थिएँ ।
ऊर्जा संकट
तत्काल ऊर्जा संकट कम गर्ने कदम चाल्ने थिएँ । दीर्घकालका लागि, बायोडिजेलको स्रोत संजीवन खेती नेपालको सबै स्थानमा गर्न सकिन्छ । त्यस्तै गोबरग्यास र सौर्य ऊर्जाको विकास र विस्तार गरिएमा ऊर्जा संकट यति भयावह हुने छैन ।
संघीयता
आर्थिक आधारविनाका प्रान्तीय सरकारहरू दिगो र स्थिर हुन सक्दैनन् । संघीय विभाजनको मूल मापदण्ड आर्थिक क्षमतालाई बनाइनुपर्छ । नेपालको वर्तमान आर्थिक आधार एकात्मक शासनका लागि त पर्याप्त छैन भने अनेक स्वायत्त प्रदेशहरू कसरी आर्थिक रूपमा सक्षम हुने होलान् ? यी गम्भीर विषय हुन् । संगीत, कला र साहित्य घोर गरिबीमा साहित्य, कला र संगीतको सिर्जना एवं जगेर्ना हुँदैन । संगीत, कला र साहित्यमा लागेकालाई राज्यले नै आर्थिक सहयोग गरेर कम्तीमा सिर्जना गरेर बाँच्न सकिने अवस्थाको सिर्जना गर्न लागिपर्थें म ।
संकट विविध
सबै संकटको मूल कारक घोर बेरोजगारी हो । उपयुक्त सीप, दक्षता र शिक्षाको खाँचो छ आज । नेपालीहरू मिहिनेती छन्, तर उद्यमशील छैनन् । उद्यमशीलताविना धनसृष्टि गर्न, बन्द-व्यापार गर्न, मुनाफा कमाउन र जोखिम लिन सक्ने बनिँदैन । तसर्थ, म उद्यमशीलताबारे नेपालीलाई पर्याप्त शिक्षा र प्रशिक्षण दिने योजना लागू गर्ने थिएँ । त्यस्तै, ज्ञान अर्थतन्त्र एक्काईसौं शताब्दीमा धनसृष्टिको मूल इन्जिन हो । ज्ञानलाई धनमा रूपान्तरण गर्ने कार्य-योजनाविना नेपाल सधैं संकटबाट गुजि्ररहनुपर्ने हुन्छ । म प्रधानमन्त्री भएको भए यसतर्फ एकदम ध्यान दिने थिएँ । |
प्रस्तुतिः विनोदविक्रम केसी
gkcbinodbikram@gmail.com
यस्ता कुरासँगै काम गर्ने मान्छेको नेपालमा प्रधानमन्त्री बन्ने दिन आउँदैन, किनकि सतीले सरापेको देश भनेर बाबुरामले पनि स्वीकारेका छन्, तर यस्ता विचारको आवश्यकता रहीरहन्छ ।
ReplyDelete