BHIM UPADHYAYA

* “New ideas pass through three periods: i.It can not be done. ii.It probably can be done, but it is not worth doing. iii.I knew it was a good idea all along!” --Scientist & Science Fiction Writer Arthur D Clarke; अमंत्रमक्षरं नास्ति, नास्ति मूलंनौषधनम् । अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।(मन्त्र नहुने अक्षर हुदैन, ओैषधि नहुने वनस्पति हुदैन, योग्यता नभएको मान्छे हुदैन, तर जहातही कुशल व्यवस्थापकको कमी छ ।)

Friday, November 26, 2010

नयां नेपालको सुस्पष्ट एवं सजिव चित्र



नयां नेपालको सुस्पष्ट एवं सजिव चित्र
भीम उपाध्याय

“असंभव कृत–संकल्पित नागरिकका निम्ति असंभव हुन्छ ।”

१ आगामी नेपालः
    सन्निकट संविधान सभाको निर्वाचन पश्चात नेपालको ऐतिहासिक काचुली फेरिएको हुनेछ । राष्ट्रमा व्याप्त पिछलग्गुपनाका सबै विगतका वन्धनहरु तोडिएको हुनेछ । जसरी उच्च बाधले ताल वा नदीमा जलको सतह उचालिएपछि अपार उर्जाको संचिति हुन पुगेको हुन्छ, त्यसैगरि संविधान सभामार्फत बन्ने नया राज्य संरचनाले समस्त नेपालीहरुमा अपार उर्जा संचिति हुन गई वर्तमान पिछडा राष्ट्रले नव जीवन पाएको हुनेछ । नवनेपालको सिर्जनामा बैज्ञानिक ढंग एवं सुविचारित किफायती आधारभूत पूर्वाधारका संरचनाहरुको निर्माण अत्यावश्यक हुन्छ । अहिलेसम्मको एकात्मक एवं राजतन्त्रात्मक राज्यसंरचनामा केही मुठ्ठीभर वर्गलाई मात्र लाभ पुग्दै गरेको हो । त्यसो नभएर अब, संघीय गणतान्त्रिक नेपालका आधारभूत अवसंरचनाहरु आमूल रुपमा नया दर्शन एवं सोच जनमूखी ढंगबाट निर्माण गरिएको हुनेछ ।


२ वर्तमान नेपालः
    २ करोड ६० लाख जनता भएको, करिब ४५ हजार गाउहरुमा २ करोड २५ लाख ग्रामीण जनताको बास रहेकोे, २५ वर्ष मुनिका १ करोड ३५ लाख (६० प्रश) तथा  १५ देखि २५ वर्षसम्मका ४५ लाख तरुणको जुझारुको सिर्जनशलि उर्जा व्याप्त तर ८० लाख गरिबीका रेखामुनिका जनता र ४५ लाख बेरोजगार नेपालीको देश नै अहिलेको नेपाल हो ।
    वहुभाषिकता, वहुधार्मिकता, वहुसांस्कृतिकता, वहुभोगोलिकता सहितको विशिष्ट राष्ट्र हो नेपाल । यी सबै पक्ष एवं परिस्थितिमाझ राष्ट्रको उत्थान गर्ने गहन दायित्व एवं जिम्मेवारी समृद्ध नवनेपाल निर्माण गर्न तम्सेकाहरुको कांधमा छ ।
    गरिव पिछडिएको वर्तमान नेपाललाई समृद्ध नवनेपालमा रुपान्तरण गर्न विगतको सडेगलेको राजनीतिक एवं प्रशासनिक नीति तथा संयन्त्रबाट संभव छैन, यसमा कसैमा द्धिविधा पनि हुनु हुदैन ।  त्यसका लागि सुस्पष्ट भीजन र भीजन कार्यान्वयन गर्ने दृढ इच्छाशक्ति, तद्नुकूलको राजनीतिक, प्रशासनिक एवं व्यावसायिक संयन्त्र स्थापित हुनैपर्दछ । यस निम्ति केही महत्वपूर्ण प्रश्नको जवाफ खोज्नैपर्छ ।

कस्तो भीजन? कस्तो दृढ इच्छाशक्ति? कस्तो नेपाल?अनि कसरी हासिल हुनेछ चिताएको नेपाल?
    सबै क्षेत्र, समाज, वर्ग र लिंगलाई समेट्न ढंगको भीजन, मिसन, प्रोग्राम एवं प्रोजेक्ट तर्जुमा गरिनु पर्दछ ।

३. समृद्ध नवनेपालको भीजनका आधारशिलाः
राजनीतिक स्वरुपको दृष्टिले गणतन्त्र र सघीयता, प्रशासनिक स्वरुपको दृष्टिले सघीय सरकार, राज्य सरकार र गाउ विकास सेवा केन्द गरी तीन तहमा, व्यावसायिक एवं आर्थिक स्वरुपका दृष्टिमा सार्वजनिक, निजी, सहकारी, गैरसरकारी, सार्वजनिक–निजी साझेदारी क्षेत्र हुनु उपयुक्त हुनेछ ।

४ नया नेपालको भीजन
    नेपालीहरु गरिब, पद्दलित, पराधीन, हेपिएको हुनु पर्ने कुनै कारण थिएन तथापि अनायास यस्तै भोग्न भने वाध्य बनाइदै आएको हो । देशलाई मायागर्ने सवै महामानवहरुले सुखी, शान्त, समृद्ध एवं स्वस्थ नेपालको कल्पना गर्दै आएका थिए र छन् । तर ती कल्पना साकार गर्ने कार्य भने थाति रहदै आएको छ ।
    बीपीको बहु लोकप्रिय सामान्य लाग्ने तर गम्भीर सपना थियो, “प्रत्येक गरिव किसानसंग देत जोत्न कम्तिमा एक हल गोरु होओस्, एउटा दुहुनो गाई होओस्, केटाकेटीहरुलाई पढाउने स्कूल नजिकै उपलव्ध भएको होओस्, विरामी परेको बेला उपचार गर्न पाउने स्वास्थ्य केन्द्र उपलव्ध भएको होओस् ।”       
    प्रचण्डको नयां नेपालको सपनाको सार यस्तो देखिन्छ, “नेपाल त्यस्तो मुलुक होओस् जो एकात्मक नभएर साचो अर्थमा सवै जातजातिको फूलवारी बनोस्, सवै वासिन्दाले आफू मुलुकको मालिक भएको अनुभूति गरुन्, जहा राज्यप्रणाली मात्र होइन कि सांस्कृतिक प्रणाली र सबै भाषाभाषीहरु उन्मुक्त भएको होउन्, जो नया आधारमा यथार्थमा एकताबद्ध भएको राष्ट्र बनोस् ।”                         
नेपालका  इन्जिनियर समुदाय  पनि नयां समृद्ध नेपाल त्यस्तो भएको देख्न चाहन्छः
१  जहा गांउ र सहरबीचको विद्यमान आर्थिक, सांस्कृतिक, ज्ञानको गहिरो खाडल पुरिएको होओस् ।
२  जहा सबैलाई स्वास्थ्य, शिक्षा, शान्ति र सुख प्राप्त भएको होओस् ।
३  जहा सबैलाई स्वच्छ खानेपानी, विजुली एवं उर्जाका उपलव्धता सहज र सुलभ भएको होओस् ।
४ जहा कृषि, उद्योग र सेवाक्षेत्रको समन्वयात्मक विकासमा आधुनिक विज्ञान एवं प्रविधिको अधिकतम् उपयोगबाट रोजगारी एवं राष्ट्रिय श्रीसम्पत्तिको द्रुत वृद्धि भएको होओस् । 
५ जहा गरिब तर तीक्ष्णवुद्धि भएकाहरुलाई उच्चशिक्षा हासिल गर्न पाउने अवसरबाट आर्थिक एवं सामाजिक असमानताकै कारण कहिल्यै बंचित हुन नपरोस् ।
६  जहा आधारभूत स्वास्थ्य सुविधाको अभावले कुनै पनि गरिब अनाहकमा साधारण महामारीजन्य संक्रमणबाट मर्न नपरोस् ।
७  जहा शासन व्यवस्था जवाफदेहीपूर्ण, पारदर्शी, भ्रष्टाचारमुक्त, सहज होओस् ।
८ जहा विनाभेदभाव गरिब महिला एवं अशिक्षितहरु सवै मिलेर बस्न सक्ने वातावरण बनेको होओस्,
९  जहा वाध्यतावस् मुलुक छाडी विदेशिएकाहरु देश फर्कन लालायीत होउन् ।
१० जहा विश्वभरिका पर्यटकहरु  भ्रमण गर्नका निम्ति ओइरिरहून् ।

५. भीजन प्राप्तिमा अंगाल्नुपर्नै बृहत् रणनीतिः
    माथिका भीजनको परिदृश्यमा पदार्पण गर्न प्रभावकारी रणनीति अंगिकार गरिनु पर्छ ।
कार्यक्रमहरुलाई एकांगी ढंगमा तर्जुमा एवं कार्यान्वयन नगरी एकिकृत ढंगमा तर्जुमा एवं कार्यान्वयन गर्ने,
कार्यक्रम समाजलाई आर्थिक रुपमा आमूल रुपान्तरण गर्नै क्रान्तिकारी लक्ष्यसाथ तर्जुमा एवं लागू गर्र्ने,
कार्यक्रम गरिब तथा जनमूखि, महिलावर्गमूखि, बालबालिका कल्याणमूखि, प्रकृतिमूखि, बातावरणमेैत्री सम्वर्धनमूखि एवं आर्थिक समृद्धिउन्मूख हुनुपर्ने, कार्यक्रमको तर्जूमा एवं कार्यान्वयन सहभागितामूलक, मीतव्ययी, जवाफदेही, पारदर्शी, भ्रष्टाचारमुक्त हुनुपर्ने छ ।

६ बृहत् कार्यक्रमहरुः
निम्न क्षेत्रलाई मीशनको रुपमा एकिकृत  तथा आक्रामक एवं हस्तक्षेपकारी शैलीमा बृहत् कार्यक्रम तर्जुमा गरी लागू गरिनु पर्दछ ।
    आवास
    भौतिक पूर्वाधार
    स्वास्थ्य हेरचार
    शिक्षा
    रोजगार
    बजार सम्पर्क
    गुणस्तरीय जीवन

७ एकिकृत रुपमा तर्जुमा गरिनु पर्नै बृहत् कार्यक्रमका  ५ विषयः
    स्वास्थ्य एवं शिक्षाको बृहत् कार्यक्रम जसबाट रोजगारी एवं उत्पादनमा मूल्यवद्र्धन, जनसंख्या नियन्त्रण, खाद्यपौष्टिक सुरक्षा, सामाजिक सुरक्षाकौ प्रत्याभूति हुने ।
    कृषि तथा कृषिखाद्य प्रसोधनको बृहत् कार्यक्रमबाट खाद्य सुरक्षा र व्यापक रोजगारीका साचोको भूमिका निर्वाह हुनै ।
    सम्पूर्ण क्षैत्रका लागि अत्यावश्यक आधारशिला मानिने विद्युतीय उर्जासहितका भौतिक पूर्वाधार निर्माण (सडक, रेल, उर्जा उत्पादन), ठूला नदीहरुलाई आपसमा जोड्ने, गाउमा सहरी सुविधासहितका ग्रामीण सहरहरुको विकास गर्नै ।
    सूचना तथा संचार प्रविधिको व्यापक विस्तार जसबाट व्यापक रोजगारी, निर्यात आम्दानी, राष्ट्रव्यापी विस्तारबाट राष्ट्रियताकौ सम्वद्र्धन हुनै ।
    आत्मनिर्भरता, आर्थिक सुरक्षा र प्रद्यौगिकी क्षमता प्रदर्शन गर्न सकिने खालका ठोस प्रविधि एवं उद्योगहरुको स्थापना एवं विकास ।

८ प्राथमिकता निर्धारण र संकल्पः
    नेपाल जे कुरामा धनि छ त्यसैमार्फत आर्थिक क्षेत्रको विकासलाई समात्नु बुद्धिमानी हुन्छ ।
नेपाल अपार जल र जलशक्तिको धनि हो । जडीबुटीमा धनि छ । पर्यटनको क्षमतामा धनि छ । जैविक विविधतामा धनि छ । युवा जनशक्तिको परिमाणमा धनि छ । संस्कृति, भाषा भाषिका, राष्ट्रियता,  स्वाभिमान, परमपरागत आयुर्वेद, हावापानी, प्रकृति छटामा पनि अद्धितीय नै मानिन्छ ।
प्राकृतिक एवं मानवीय श्रोतको दृष्टिले पनि अरुभन्दा कम धनि छैन । गरिब छौं भने संकल्पमा, राजनीतिक सुझबुझ, आधुनिक बैज्ञानिक संस्कार र व्यवस्थापकीय कुशलतामा छौं । हाम्रा पूर्खाहरुले हामीलाई स्वाभीमान बनेर बाच्न सिकाएका हुन्, उनीहरु सदा स्वाभिमानी भई बाच्न सफल भए । कहिले काही आफ्नो नालायकीपना लुकाउन हामी हाम्रो पुर्खाहरुका विरताका गाथा गाउन पछि पर्दैनौ । तर आज हाम्रा पुर्खाहरु जिवित रहेका भए के तिनले हाम्रो गाथा गाउथे होलान्? दुःखसाथ भन्नुपर्छ उनीहरु लज्जित हुने थिए । हामी त भाग्यमानी हौ, वीरताको गाथा गाउने पुर्खा पाएका छौ । तर हाम्रा सन्ततिहरुले हाम्रो गाथा गाउने नगाउने कस्तो अवस्था बनाउने त्यो हाम्रै पुस्तामा निर्भर छ ।
स्वाधीन, स्वाभिमानी लोकतान्त्रिक, गणतान्त्रिक राष्ट्र नेपाल बनाउन जस्तो बलिदान गर्न पनि पछि पर्न हुन्न भन्ने आजको माग छ । भविष्यका सन्ततिलाई इतिहासमा गर्व गर्न पाउने अवसर हाम्रै पुस्ताले सिर्जना गर्नुबाहेक अरु विकल्प बाकी छैन ।
संस्कृत भाषामा एउटा प्रसिद्ध श्लोक छः
अमन्त्रम अक्षरम् नास्ति (मन्त्र नबन्ने कुनै अक्षर हुदैन),
नास्ति मूलम् अनौषधम् (ओखति नबन्ने कुनै बनस्पति हुदैन) ।
अयोग्यो पुरुषो नास्ति (योग्यता नभएको कुनै मानिस हुदैन),
योजकः तत्र दुर्लभः (तर जताजतै कुशल योजनाकार एवं व्यवस्थापकको खाचो छ) ।
के व्यावसायिक, के प्राविधिक, के शैक्षिक, के सामाजिक, के बैज्ञानिक, के औद्योगिक अनि के राजनीतिक सबैका सबै क्षेत्रमा कुशल योजनाकार र व्यवस्थापकहरुको खांचो आज पनि त्यत्तिकै टड्कारो देखिन्छ ।
कुशल योजनाकार र व्यवस्थापकहरुको सक्रिय नेतृत्वले मात्र सवै प्रकृतिका क्षमताहरुलाई परिचालन गरेर राष्ट्र र जनतालाई समृद्ध बनाउने स्रोतहरुको परिचालन गर्नेगर्छ, गर्दै आएको छ ।
मदर टेरेसाले भनेकी छिन्, “काम योजनाबाट होइन संकल्पबाट आरम्भ गर्नुपर्छ । ”
हामी पनि नया नेपाल बनाउने संकल्प गरिहालौ, योजनामा अल्मलिरहने काम छैन ।


No comments:

Post a Comment