मैले पंचायती व्यवस्था कालमा पढें। पंचायती व्यवस्थामा जागिर सुरू गरें । बहुदल आयो कृष्णप्रसाद भट्टराई प्रम बने, अब प्रशासनमा व्यापक सुधार होला भन्ने विश्वास पलायो । मुलुक समृद्ध होला भन्ने आश जगायो । नयॉ बहुदलीय संविधान आयो, प्रशासनमा शल्यक्रिया गरियो तर अफसोच रोगी अपॉग बन्यो । स्थिति आज सुध्रेला भोलि सुध्रेला भन्दै दिन विते, भ्रष्टाचारले रेकर्ड तोड्न थाल्यो । चिरन्जीवी जयप्रकाश गोविन्दराज खुमबहादुर प्रवृत्तिको जन्म हुदै गयो । कति लुकेर कति हाकाहाकी कति लेवीका नाममा कति चन्दाका नाममा सर्वत्र भ्रष्ट प्रवृत्ति हावी/दह्रो वन्दै गयो । कर्मचारी सरूवा जिम्मेवारी राजनीतिक नियुक्ति र अन्य सबै विना लेनदेन प्रिपेडपोष्टपेड नगरी संभव हुन छाड्यो/भएन । योग्यता र क्षमताको मापदण्ड नै फेरिए । यिनै माहौलमा माओबादी जनविद्रोह १० वर्ष चल्यो । राजाले सत्ता लिए । तर भ्रष्टाचारलाई निर्मूल गर्न हैन विगतका व्यवस्था भत्काउन वा सत्ताधारीलाई बढार्न सबै स्यालहुईयॉ गर्दै गए ।
माओबादीसमेत सरकारमा आयो, नयॉ संघीय गणतान्त्रिक संविधान पनि वन्यो तर मुलुकको मूल समस्या भ्रष्टाचार र यसका कारण अविकासको उल्मुलन आकाशको फल बन्दै गएको छ ।गणतन्त्र र सघीय व्यवस्थामा यति पैसाको खोलो बगाउनुपर्ने भयो कि अव सर्वसाधारणका निम्ति सो व्यवस्था दुरूह बनेको छ । छ्यालव्याल पैसा खर्च गर्न नसक्नेले वडाध्यक्ष सम्म पनि जित्न नसक्ने अवस्था छ ।
नेता र कर्मचारीलाई अहिले यति धेरै पैसा चाहिने भएको छ कि तिनले पाए भने गुहुमा डुबेको पैसा पनि टिप्छन्, लाज घीन डर नैतिकता सबै क्रमश: सखाप भएको र नयॉ मुल्ला झन् प्याज धेरै खाने हुन थालेको देखिन्छ ।
अहिले संघीय गणतान्त्रिक व्यवस्था आएपछि स्थानीय चुनाव सम्पन्न भएपश्चात सेवानिवृत्त भएको छु ।
अव यो व्यवस्थामा यी यस्ता समस्याको समाधान कसरी होला? यसमा चिन्तन गर्न झन् जरूरी देखिन्छ ।
Yes absolutely sir. Corruption, lawlessness, relativism and lack of good governance has led our country to this age. We, conscious citizens should do something, Sir, the so called humanitarian organizations have done nothing too.
ReplyDelete