मेरा केहि अवलोकनयुक्त केही संस्मरणहरुः
१ मैले जागिर खाएको ८ वर्ष पछि पहिलो मेरो विदेशको ४ महिने तालिम 'फोहरमैला व्यवस्थापन प्रणाली' मा जापानबाट विस ०५३ सालमा लिएको थिएं । तालिम समापन पछि स्वदेश फर्केर फोहरमैला व्यवस्थापन के कसरी गरिने छ त्यसको विस्तृत कार्ययोजना पेश गरेर मात्र प्रशिक्षार्थी सफल भएको मानिन्थ्यो । मैले जापानको तालिममा नेपालका 'तत्काल कायम ३६ वटा नगरपालिकामा फोहर व्यवस्थापनको समस्या यसरी समाधान गर्नेछु' भनी विस्तृत कार्ययोजना पेश गरेर ४ महिने जापानको सफलता साथ फोहरमैला व्यवस्थापन बारेको तालिम पूरा गरेको थिएं ।
स्वदेश फर्के पछि त्यसपछि मलाई सरकारले न मेरो तालिमबारे कहिले केही सोध्यो, न फोहरमैलाको समस्या समाधानगर्ने रिटार्यड हुदासम्म पनि जिम्मा दियो! मेरो तालिम र कार्ययोजना मुलुकलाई काम लागेन ! र फोहरमैलाको समस्या झन झन विकराल वन्दै गएको हामी देखिरहेकै छौं ।

२ म लगायत २५० जना नेपाली विद्यार्थीलाई प्रति वर्ष ५० जनाका दरले १० हजार मेगावाट क्षमता भनिएको कर्णाली जलविद्युत योजना डिजाइन निर्माण गर्न भनेर युएनडीपीको छात्रवृत्तिमा विस २०३७ सालदेखि ५ वर्षसम्म रूड्की विश्वविध्यालयमा ४ वर्षे बिई पढ्न सरकारले पठाइएको थियो । पढेर फर्के पछि कर्णाली त के कुनै जलविद्युत योजनामा पनि नियुक्ति पाईएन र आफै लोकसेवा लडेर स्थानीय विकास मन्त्रालयमा जागिर खान पुगें । त्यसपंछि भवन विभाग र खानेपानी विभाग अन्तर्गत दुर्गम जिल्लाहरूमा खटिएं । ०५२ साल देखि सचिवमा बढुवा नहुदासम्म२० वर्ष जति डोलिडार अन्तर्गत ग्रामीण सडक र झोलुंगे पुलडिजाईन निर्माणमा लागें। सचिव भएपछि नेपाल ट्रष्टमा नियुक्ति पाई स्व पूर्वराजा विरेन्द्रको जग्गाघर व्यवस्थापन गर्ने काम गरें। खानेपानी मन्त्रालयको सचिवमा सरूवा भएर रिटायर नहुदासम्म चर्पी सरसफाई र खानेपानी ढल योजनाको नीति निर्माण र मेलम्ची कार्यक्रम संचालन गर्न पुगें। पढाई तालिम एकातिर काम अर्कोतिर भएता पनि आफूले गरेको सबै काममा म संतुष्ट रहेको छु । म रिटायर हुदासम्म पनि कर्णाली योजना अझै लापता छ !
No comments:
Post a Comment