तराईका गाउँहरुमा सामुदायिक सरसफाइको समस्या र चुनौतीहरु
नेपाल समाचारपत्र कार्तिक २१, ०५३ मा प्रकाशित (युनिकोड)

भीम उपाध्याय
ग्रामीण जनस्वास्थ्यमा सुधार ल्याउन पनि विकासका विभिन्न पहलहरु मध्ये एक हो भन्नुमा शायद दुई मत हुँदैन होला । सामुदायिक सर–सफाइ कार्यक्रमलाई खानेपानी कार्यक्रमसँगसँगै लगे मात्र ग्रामीण जनताको सर्वाङ्गीणरुपमा जनस्वास्थ्यमा अपेक्षित सुधार गर्न सकिन्छ भन्ने स्पष्ट भैसकेको हुँदा हाल नेपालमा खोनपानी उपलब्ध गराउने निकायहरुबाट विभिन्न यस्ता विकास कार्यक्रमहरु सञ्चालित छन् । सर–सफाइको कार्यक्रमविना खानेपानी कार्यक्रमसंधै अधुरो रहन जाने हुन्छ । विशेषत तराईका गाउँहरुमा सञ्चालित सर–सफाइ कार्यक्रमहरु कत्तिको प्रभावकारी ठहरिएका होलान् – यसको छुट्टै अध्ययन जरुरी छ । यसबाट भविष्यमा जनताको जनस्वास्थ्यमा सुधार ल्याउन के कस्ता ठोस कार्यक्रम ल्याउनुपर्ला भन्ने प्रष्ट हुनेछ ।
तराईका ग्रामीण क्षेत्रमा हालको सर–सफाइका दुरावस्था देख्दा सर–सफाईसँग सम्बन्धित जो कोही पनि विरक्त नभई रहन सक्दैन । त्यस्तो त नेपालमा सर–सफाइ कार्यक्रम गर्न भनेर थुप्रै सरकारी, गैरसरकारी संघसंस्थाहरु स्थापना नभएका होइनन्, तर ती संस्थाहरु कति प्रभावकारी देखिएका छन् त्यो कसैबाट लुकेको छैन । त्यसमा पनि यी संस्थाहरुबाट सञ्चालित कार्यक्रमहरु सर–सफाइको कुनै एक पक्षसँग मात्र सम्बन्धित हुने हुँदा एकांगी हुने गरेको पाइएको छ । यस्ता एकांगी योजनाहरुबाट सर्वाङ्गीण समाधान कदापि पाइने गुञ्जायस रहन्न ।
तराईका गाउँहरुमा सफाइसम्बन्धी के के समस्या रहेका छन् र यस्ता समस्या सृजना गर्ने भौतिक कारकतत्व के क होलान्–त्यसमध्ये केहीको छोटकरीमा तल विवेचना गर्ने प्रयास गरिएको छ ।
१) गुजमुज्ज बसोबास ः तराईका अधिकांश गाउँहरुमा गुजमुज्ज बसोबास भएको पाइन्छ । यस्ता खालका बस्तीमाझ न पर्याप्त खुला जमीन हुन्छन् न त बाटाहरु फराकिला भेटिन्छन् । सर–सफाइका दृष्टिले मानव बसोबासका लागि यस्ता बस्तीहरु उपयुक्त हुने कुरै भएन ।
२) गाईबस्तुहरु सँगै बाँध्नु ः धेरैजसो गाउँलेहरुले आ–आफ्ना गाईवस्तुहरु आफू बस्ने घरमै बाँध्ने प्रचलनले गर्दा (बाध्यता) गाईवस्तुहरुबाट उत्पादित फोहरमैलाले ग्रामीण जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने गर्दछ ।
३) निश्चित ठाउँमा दिसा–पिसाब नगरिनु ः गाउँघरमा चर्पी निर्माण गर्ने वा चर्पी प्रयोग गर्ने चलन अझै विकसित भैसकेको पाइंदैन । खुला असुरक्षित ठाउँमा दिसा–पिसाब गर्नाले सामुदायिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नु स्वाभाविक नै छ ।
४) ढलको व्यवस्था नहुनु ः घरमा प्रयोग भै निस्किएका दूषित पानी तथा वर्षायाममा जम्मा भएको पानी बग्नको लागि व्यवस्थित ढल प्रणालीको अभावले पनि पर्यावरण दुश्प्रभावित भैरहेको हुन्छ ।
५) सुरक्षित पिउने पानीको अभाव ः पिउनको लागि प्रयोग हुने पानीको स्रोत तथा पानी भण्डार गर्ने प्रविधि असुरक्षित हुनाले कैयौं गाउँहरुमा वर्षेनी विभिन्न सरुवा रोग, महामारी फैलिरहेको पाइन्छ ।
६) फोहरमैला फाल्ने निश्चित ठाउँ नहुनु ः गाईवस्तुलगायत मानिसबाट प्रयोग भै उत्पादित ठोस फोहरमैला, घाँसपात आदि फ्याँक्ने समुचित स्थानको अधिकतम ग्रामीण इलाकाहरुमा व्यवस्था गरेको पाईंदैन । यसरी जथाभावी फोहर मैला फैलाउनाले गाउँको वातावरण झन बिग्रीरहेको हुन्छ ।
७) अस्वस्थकर घर ः स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा गाउँका धेरैजसो घरहरु अनुपयुक्त देखिन्छन् । यी घरका भुईहरु संधै चिसो भैरहनु, चुल्हो रहेको कोठा र अन्य कोठाहरु अलगअलग नहुन, हावा, प्रकाश छिर्नका लागि पर्याप्त झ्यालढोका नहुनु आदि तराईका ग्रामीण घरका गम्भीर कमीहरु हुन् ।
८) जनचेतनामा र जनसहभागिताको कमी ः गाउँबासीहरुमा वैज्ञानिक ढंगले जनचेतना जगाउने खालको प्रभावरकारी कार्यक्रम सञ्चालन भएको तराईको गाउँहरुमा भेट्न प्रायः असंभवझैं नै छ । तराईकै गाउँलाई उपयुक्त हुने यस्ता कार्यक्रमहरुको लागि नीति निर्माण हुनु र कार्यक्रम सञ्चालन गर्नु सर–सफाइमा सुधार ल्याउनको लागि नितान्त जरुरी देखिन्छ । ग्रामीण बस्तीहरुमा सफाइको अभावबाट सृजित समस्याले तत्काल व्यापकता पाउने सजिलो हुने हुँदा त्यहाँको जनजीवनलाई तीव्ररुपमा आतंकित तुल्याउने संभावना रहिरहने हुन्छ ।
माथि उल्लेखित समस्याका सबै कारणहरुलाई एकीकृत रुपले ध्यान नदिई कुनै एउटा पक्षलाई मात्र महत्व दिंदै सञ्चालन गरिएका सरसफाई कार्यक्रमहरु निश्चितरुपमा उपलब्धिपूर्ण हुने छैनन् । सम्बन्धित निकायहरु, स्थानीय जनताहरु, नेताहरु, समाजसेवीहरु, बुद्धिजीवीहरु सबैको समन्वयात्मक प्रयासविना सामुदायिक सरसफाइ जस्तो काम कहिल्यै सफलीभूत हुन संभव छैन । बहुदलीय राजनीतिक प्रणालीको पुनःबहालीपश्चात् देशका गाउँगाउँमा व्याप्त राजनीतिक झैझगडा, विवाद, द्वन्द, रिसइबी जस्ता नकारात्मक अस्वस्थकर संस्कारलाई समूल उन्मूलन गर्नु पनि विकास कार्यक्रम सफल पर्नु जतिकै महत्वपूर्ण चुनौती भैसकेको छ । यसतर्फ पनि सम्बन्धित सबैको ध्यान जान सकेमा मात्र विकास कार्यले अपेक्षित गति पाउन संभव होला ।

No comments:
Post a Comment